Section 41
मुद्दाको कारबाही तथा किनारा
(१) सङ्घीय संसद र प्रदेश सभाको निर्वाचन सम्बन्धी परिच्छेद–१० बमोजिमको मुद्दाको कारबाही तथा किनारा सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।
(२) सङ्घीय संसद र प्रदेश सभाको निर्वाचन बाहेक अन्य निर्वाचन सम्बन्धी परिच्छेद–१० बमोजिमको मुद्दाको कारबाही तथा किनारा सम्बन्धित प्रदेशको उच्च अदालतलेगर्नेछ ।
(३) दफा ४ को उपदफा (५) र (६), दफा ५ को उपदफा (५), दफा ६ को उपदफा (३), दफा १२ को उपदफा (२), दफा १४ को उपदफा (२), दफा १६ को उपदफा (२), दफा १८ को उपदफा (२), दफा २० को उपदफा (३) र (४), दफा २१ को उपदफा (२), दफा २२ को उपदफा (२) तथा दफा २३ को उपदफा (२) बमोजिम सजाय हुने कसूर तथा त्यस्तो कसूरको उद्योग, मद्दत वा दुरुत्साहन सम्बन्धी मुद्दाको कारबाही तथा किनारा नेपाल सरकारले न्याय परिषद्सँग परामर्श गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतले गर्नेछ ।